तोप चरा : गुँड बनाएर पोथी फकाउनै हम्मे–हम्मे

तस्बिर स्रोत : नेपाल फोटो लाइबेरी

काठमाडौं – तोप चरा अर्थात् इन्जिनियर चरा । यसका विषयमा हामीले धेरै सुनेका नै छौं । यो परिचित हुनुको मुख्य कारण नै राम्रो गुँड बनाउनु हो । भनिन्छ, ‘भालेले आकर्षक गुर्ण बनाएर पोथीलाई फकाउने गर्छन् ।’ त्यसैले पनि यो चरालाई प्रेमको प्रतिकका रूपमा पनि लिइन्छ ।


समूहमा बस्ने भएकोले तोप चराले एकअर्काको नजिकै गुँड बनाउँछन् । एनिमल डट नेटका अनुसार गुँड बनाउने काम चाहिँ भालेको हो । गर्मी छल्न पहाड उक्लिने यो चरा जाडो शुरु हुने बेला तराईतिर झर्छन् । यो चरा भँगेरा वर्गका हुन । यसलाई कतै कतै ‘सुजेरो’, ‘बकेचो’ पनि भनिन्छ । धादिङ जिल्लातिर भने ‘तोलायँ’ भनेर पनि चिनिन्छ । पूर्वी तराइतिर ‘चोंची’पनि भनिन्छ ।



नेपालमा खासगरी हिउँद याममा मंसिर लागेपछि उच्च पहाडी भागबाट पोथीहरूभन्दा केही दिन अगाडि नै भालेहरू तराईतिर लाग्छन् । मध्य नेपाल को उच्च पहाडबाट भने केही काठमाडौँ उपत्यकातिरै पनि बस्छन् । अनि, उपयुक्त ठाउँमा गुँड बनाउन अडिन्छन् । यस्तै तराईमा पाइने तोप चराहरू जेठ लागेपछि पुन उकालो लाग्छन् ।


तोप चराको मुख्य आहार धान र गेडागुडी हो । बालीनाली र पानी भएका पोखरीको छेउछाउमा बस्न रुचाउने तोप चराले कहिल्यै पनि कीरा फट्यांग्रा खाँदैनन् । यी चरामा भालेहरूको टाउको र घाँटी वरिपरि पहेंलो हुन्छ । पोथी फुस्रा हुन्छन् । प्रजनन्कालमा भालेहरूको पहेंलो भाग टल्किएर आउँछ । यसको कारण भालेहरू प्रजननका लागि तयार छन् भन्ने सङ्केत हो । यस्ता रङ्गले भालेहरूको स्वास्थ्यको सङ्केत गर्ने तथ्य वैज्ञानिकहरूले औँल्याउने गरेका छन् ।


केही दिनपछि पोथीहरू आएर भालेले बनाएका गुँड निरीक्षण गर्छन् फुल पार्ने कोठा कत्रो र कस्तो छ ? भित्र पस्ने ढोका कस्तो छ ? गुँडको बाहिरी आवरण कसरी बुनेको छ ? कस्तो र कति सुरक्षित हाँगामा बनाएको छ ? पोथीले सबै कुराको निरीक्षण गर्छ । जुन भालेका गुँड सुन्दर छन्, पोथीले तिनै भाले ओगट्छन् ।

हरियो घाँस जम्मा पारेर यिनीहरूले चुच्चोको सहाराले कलात्मक पाराले गुँड बनाउने गर्छन् । झट्ट हेर्दा गुँड मानिसले सिलाएर बनाएको जस्तै आकर्षक देखिन्छ । भालेले बनाएको गुँड नसकेसम्म पोथीले हेरिरहन्छ । गुँड मन परेन भने पोथी गुँडभित्रै पस्दैन । भालेले पुनः पोथीलाई मन पर्ने गुँड बनाउनुपर्छ । पोथीलाई खुसी बनाउनका लागि पनि भालेले राम्रो र कलात्मक पाराको गुँड बनाउने गर्छन् ।



यी चराको हूलमा भालेभालेबीच कसले राम्रो गुँड बनाउने भन्नेसमेत होडबाजी नै चल्छ । ‘फिस्टे चरा’ वा ‘सोली फिस्टो’ –अङ्ग्रेजी भाषामा ‘टेलर बर्ड’ र ‘कोटेरो’ को वर्ग एकै भए पनि सोली ‘फिस्टो’ ले सकेसम्म आफ्नो गुँड लुकाएर बनाउँछ । ‘कोटेरो’ ले भने सबैले देख्ने गरी बनाउँछ ।


यिनीहरूलाई खराब मौसम र शत्रुबाट आफ्ना गुँड बचाउन पाए पुग्छ । गुँडलाई हावामा तुर्लुङ्ग–तुर्लुङ्ग हल्लिने बनाउँछन्, जसले गर्दा शत्रु हत्तपत्त पस्न सक्दैन । हाँगामा तुर्लुङ्ग झुण्डिने र हल्लिरहने हुनाले सर्प पनि हत्तपत्त पस्न सक्दैन । गुँड पनि अर्को हाँगाबाट सहजै नभेटिने गरी बनाउँछन् । एकदमै सुरक्षित छ भन्ने लागेमा र गुँड बनाउने उपयुक्त ठाउँ अलि सीमित लागेमा गुजुप्प पारेर थुप्रै गुँड पनि बनाउने गर्छन् ।


जमिनबाट नभेटियोस् भनेर कम्तीमा १५ फिट उचाइमा मात्रै बनाउँछन्र । अधिकांश चराहरूमा भालेले सामान ओसारिदिने, मिलाईदिने गरेर सहयोग गरिदिने र पोथीले गुँड बनाउने देखिए पनि कोटेरोको गुँडको अधिकांश भाग भालेहरूले बनाउने गर्छन् । गुँड बनाएपछि जब पोथीहरू आइपुग्छन् तब भालेहरू आफूले बनाएको गुँडमा बसेर पोथीलाई बोलाउँछन् ।


केही दिनपछि पोथीहरू आएर भालेले बनाएका गुँड निरीक्षण गर्छन् फुल पार्ने कोठा कत्रो र कस्तो छ ? भित्र पस्ने ढोका कस्तो छ ? गुँडको बाहिरी आवरण कसरी बुनेको छ ? कस्तो र कति सुरक्षित हाँगामा बनाएको छ ? पोथीले सबै कुराको निरीक्षण गर्छ । जुन भालेका गुँड सुन्दर छन्, पोथीले तिनै भाले ओगट्छन् । गुँड बनाउन बाँकी रहेको काममा फत्ते पार्न पोथीहरूले साथ दिन्छन् । सुन्दर गुँड बनाउन नसक्ने कतिपय भाले त पोथी नपाएर जिल्लिने पनि हुन्छन् ।


नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics