नेपाल वन प्राविधिक संघको चुनावलाई एमालेको शुभकामना

काठमाडौं – नेकपा एमालेले आज हुन लागेको नेपाल वन प्राविधिक संघको निर्वाचन सफलताको शुभकामना दिएको छ ।

पार्टीको केन्द्रीय वन तथा वातावरण विभाग प्रमुख भारती पाठकले एक वक्तव्य जारी गर्दै नेपालमा वन व्यवसायका सन्दर्भमा सामुदायिक वन अभियान र केही वन प्राविधिकहरूबीचमा नीतिगत मतभिन्नता भएता पनि वन प्राविधिकहरूको पेशागत हकहितको लागि र सामुहिक अधिकारको विषयमा कुनै पनि किसिमका मतभेद हुन नहुने भन्दै निर्वाचन सफलताको शुभकामना दिएकी हुन् ।

‘वन क्षेत्रका स्रोत, जडिबुटी, काष्ठ जन्य वन पैदावार र पर्यापर्यटन सहि रूपमा व्यवस्थापन गरी वनलाई दिगो रूपमा व्यवस्था गर्नु अहिलेको आवश्यकता हो । साथै सामुदायिक वन अभियान्ता नेकपा एमालेको केन्द्रीय सदस्य तथा वन तथा वातावरण विभागको प्रमुखको हैसियतले नेपालको समग्र वन विकासको पाटोमा सम्पूर्ण वन प्राविधिकहरू र स्थानीय समुदायको ज्ञान सिपको उपयोग तथा तपाईहरुसँग सहकार्य गर्दै अघि बढ्नसमेत प्रतिवद्द रहेको व्यहोरा समेत अनुरोध छ,’ जारी शुभकामना वक्तव्यमा भनिएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics