खोरमै बाघ मर्नुको कारण यस्तो पो ?

खोरमै ३ बाघ मृत्यु प्रकरण

काठमाडौं – उद्धार गरेर खोरमा राखिएका बाघ मर्नुमा उपचार गर्ने सुबिधासम्पन्न प्रविधि र उपचार केन्द्र निकुञ्ज भित्र नहुनु पनि एक कारण रहेको पर्सा राष्ट्रिय निकुञ्जले जनाएको छ ।

केहीदिन अघि पर्सा राष्ट्रिय निकुञ्जभित्र ३ वटा बाघ मरेपछि निकुञ्जको व्यवस्थापन र पशुलाई गर्ने व्यवहारका विषयमा चर्को बहस हुँदै आएको थियो । यो विषयमा निकुञ्जले विज्ञप्ति मार्फत आधिकारिक जानकारी गराएको छ ।

ती बाघहरूको मृत्युको विषयमा विभिन्न संचार माध्मममा फरक फरक समाचार आएको भन्दै निकुञ्ज कार्यालयले बाघ मर्नुको कारण र मर्नु अघि उनीहरूको स्वास्थ्य अवस्थाका विषयमा जानकारी गराएको हो ।

निकुञ्ज कार्यालयका अनुसार तीन वटै बाघहरूलाई विभिन्न मितिमा उद्धार गरेर खोरमा राखिएकोमा २ वटा पहिले नै विरामी अवस्थामा रहेका र उनीहरूको उपचार हुँदा हुँदै मृत्यु भएको हो । अर्को एउटा बाघको चाहिँ खोरमा ७ दिन अघिसम्म स्वास्थ्य अवस्था सामान्य रहेको तर क्रमश खाना खान नसकेका कारण मृत्यु भएको निकुञ्जले उल्लेख गरेको छ । पछि त औषधिसमेत खान नसक्ने अवस्थामा उक्त बाघको मृत्यु भएको कार्यालयको दाबी छ ।

२ वटा विरामी बाघहरू बृद्ध अवस्थामै उद्धार गरिएको कार्यालयको भनाइ छ । बाघहरू उद्धार गर्दा कै अवस्थामा पनि घाइते थिए भन्ने कुरालाई कार्यालयले जोड दिएको छ ।

यी बाघहरू २०८० असोज २५, फागुन १४ र चैत्र १६ गते मृत अवस्थामा खोरमा भेटिएका थिए । निकुञ्जले ती बाघहरूलाई उद्धार गर्नुको कारणहरू पनि उल्लेख गरेर विज्ञप्ती निकालेको छ । ती बाघहरूले बस्तीमा पसेर मानिस र गाईबस्तु तथा बाख्रालाई मारेको पनि विज्ञप्तीमा भनिएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics