पृथ्वीको सतहभन्दा ७०० किलोमिटर तल भेटियो महासागरमा के छ ?

काठमाडौं – पृथ्वीको सतह भन्दा ७०० किलोमिटर तल सबैभन्दा ठूलो महासागर अवस्थित रहेको वैज्ञानिकहरूले पत्ता लगाएका छन् । अमेरिकाको इलिनोइस राज्यका अनुसन्धानकर्ताहरूले उक्त महासागर पत्ता लगाएका हुन् ।

पानी कहाँबाट आयो भनेर खोजी गर्दा वैज्ञानिकहरूले यस महासागरको बारेमा पत्ता लगाएको एक रिपोर्टमा उल्लेख गरिएको छ । यसमा सबै महासागरको कुल पानीको तुलनामा तीन गुणा बढी पानी रहेको वैज्ञानिकले बताएका छन् । यो महासागर पृथ्वीको सतह मुनि निलो चट्टानमा लुकेको छ । खोज टोलीका वैज्ञानिक स्टिभ ज्याकबसनले चट्टान स्पन्ज जस्तै रहेकाे र यसले पानीलाई अवशोषित गरिरहने बताए । २ हजार सिस्मोमिटरबाट ५ सय भूकम्पको अध्ययन गरी यो महासागर पत्ता लागेको हो ।

जब पृथ्वी मुनि बुलन्द छालहरू ओसिलो चट्टानबाट गुज्रन्छन्, तिनीहरूको गति सुस्त हुन्छ । सिस्मोमिटरबाट यी छालहरू अध्ययन गरेपछि महासागर पत्ता लागेको हो । यस खोजको बारेमा पहिलो पटक सन् २०१४ मा जानकारी दिइएको थियो । यो एक वैज्ञानिक पेपर डिहाइड्रेसन मेल्टिङ एट द टप अफ द लोअर मेन्टलु मा रिपोर्ट गरिएको थियो । तर, अहिले यो अनुसन्धान भाइरल भइरहेको छ । यस महासागरको उत्पत्तिपछि पृथ्वीमा पानीको उत्पत्तिबारे नयाँ सिद्धान्त फेला परेको छ ।

धेरै रिपोर्टहरूमा धूमकेतु पृथ्वीसँग ठोक्किएपछि यसको प्रभावका कारण पानी उत्पन्न भएको दबी गरीएकाे थियो । यद्यपि, पृथ्वीको सतह मुनि रहेको महासागरबाट, यो सम्भव छ कि समयसँगै पृथ्वी मुनिबाट समुद्रहरू निस्किएका छन् । वैज्ञानिक जेकबसनले यो महासागर पृथ्वी मुनि रहनु आवश्यक रहेको बताए किनकि यो सतहबाट बाहिर आयो भने पृथ्वीमा पानी मात्र रहनेछ । हिमालका अग्ला चुचुराहरू मात्र जमिनको नाममा बाँच्न सक्ने उनको भनाइ छ । - एजेन्सीकाे सहयाेगमा

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics