बफादार घोडाका रोचक कुरा : मालिक लडे टेक्दैन, मुखबाट स्वास फेर्दैन

घोडेजात्रा विशेष

काठमाडौं – काठमाडौं उपत्यकामा हरेक वर्ष चैत्र कृष्ण औँसीको दिन घोडेजात्रा मनाइन्छ । जहाँ मुख्य आकर्षण भनेकै घोडा हुन्छ । ललितपुरको पाटनमा भने एक्लो घोडा दौडाएर यो जात्रा मनाउने चलन छ ।

परापूर्वकालदेखि उपत्यकाको मानव बस्तीमा राक्षसले बालबालिका खाइदिने तथा विभिन्न दुःख दिने गरेको र उक्त राक्षसलाई घोडाको टापले कुल्चाएर मारिएको किंवदन्तीका आधारमा घोडेजात्रा पर्व मनाइएको पाइन्छ ।

यो त एउटा पर्वको कुरा भयो र जहाँ मुख्य भूमिकामा घोडा देखियो । घोडाले मानिसलाई इतिहासदेखि हरेक कुरामा सघाइरकेको हामी पाउँछौं । घोडाका विषयमा रोचक कुरा पनि धेरै छन् । आज भने घोडाका रोचक कुराका विषयमा चर्चा गरौं ।

जतिबेला यातायातका साधनको विकास भएको थिएन, त्यतिबेला सबैभन्दा सजिलो र चाँडो यात्राका लागि घोडा नै उपयुक्त माध्यम थियो । घोडा प्राचीनकालदेखि नै मानिसको निकै नजिकको साथी मानिन्छ । यसलाई निकै सुन्दर र बफादार जनावरको रूपमा पनि लिइन्छ ।

घोडाका रोचकै रोचक कुरा
– घोडामाथि लेखिएको पहिलो पुस्तक नाम ‘शालिहोत्र’ हो । यो पुस्तक महाभारतकालको समयमा लेखिएको मानिन्छ ।

– घोडाको आयु झन्डै ३० वर्षको हुन्छ । तर, इंग्ल्यान्डमा एउटा घोडा ६२ वर्षसम्म बाँचेको थियो ।

– संसारमा घोडाका १६० प्रजाति पाइन्छ । तीमध्ये अरबी घोडालाई विशेष मानिन्छ ।

– जमिनमा रहने जनावरमध्ये घोडाको आँखा सबैभन्दा ठूलो हुन्छ । यो सानै उमेरदेखि दौडिन सुरु गर्छ । घोडाले मुखबाट कहिल्यै पनि सास लिँदैन ।

– उठ्दाभन्दा बस्दा यसको धेरै शक्ति खर्च हुने गर्दछ । अफ्रिकाको जंगलमा अझै पनि जंगली घोडाहरूको सयौं झुन्ड पाइन्छ ।

– एक आँकडाकाअनुसार विश्वमा घोडाको संख्या करिब ६ करोड रहेको अनुमान छ । यसलाई मानिसहरूले ५ हजार वर्ष पहिलेदेखि नै घरपालुवा जनावरको रूपमा पाल्दै आएका छन् ।

– घोडाको बफादारिता यति छ कि यसले आफ्नो मालिकलाई कहिल्यै पनि भुल्दैन । कथंकदाचित आफूमाथि सवार मालिक लड्यो भने घोडाले कहिल्यै पनि कुल्चदैन ।

– प्राचीनकालमा भारतवर्षका राजा–महाराजाहरूले अश्वमेघ यज्ञ गर्दथे, जुन घोडासँगै जोडिएको विषय थियो ।

– सेनाले घोडाको प्रयोग सयौं वर्षदेखि गर्दै आएका छन् । पुराना राजाहरूको सवारीको साधन नै घोडा हुने गर्दथ्यो । घोडामै बसेर उनीहरू शिकार गर्न जान्थे ।

– घोडा शाकाहारी प्राणी हो । यसको शक्ति यसरी पनि जान्न सकिन्छ कि यो नरोकिइकन घन्टौंसम्म दौडिनसक्छ । इन्जिनको शक्ति पनि ‘हर्ष पावर’मा नाप्ने गरिन्छ ।

– घोडाले सफा ठाउँको मात्रै पानी पिउँछ ।

पछिल्लो समयमा सवारीका आधुनिक साधनको विकास र विस्तारले घोडाको प्रयोग घट्दै गए पनि यसप्रतिको आकर्षण भने कायमै छ । –एजेन्सीको सहयोगमा

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics