धनकुटामा बारीको डढेलो घरमा सल्कियो, दुई बालक गम्भिर

धनकुटा – धनकुटा नगरपालिकामा बारीमा सल्किएको डढेलो घरमा सल्कँदा दुई बालक घाइते भएका छन् । दुबैको अवस्था गम्भिर छ ।

धनकुटा नगरपालिका ३ कागतेमा आइतबार दिउँसो लागेको डढेलोमा जलेर स्थानीय राजु श्रेष्ठका १० वर्षीय छोरा रोशन र ३ वर्षीय विवेक घाइते भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

घर नजिकै बारीमा सुकेको पात तथा झ्याँस भेला पारेर लगाइएको आगो नियन्त्रण बाहिर जाँदा डढेलो लागेको बताइन्छ । डढेलोमा परेर रोशनको हात र खुट्टा तथा विवेकको घाँटी मुनी सबै शरीर जलेको चिकित्सकले बताएका छन् ।

घाइते दुबै बालकलाई जिल्ला अस्पताल धनकुटामा प्राथमिक उपचारपछि थप उपचारको विराटनगरस्थित आर्या न्यूरो अस्पताल लगिएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics