गैंडाको आक्रमणबाट वृद्धाको मृत्यु

नवलपुर — पूर्वी नवलपरासीको कावासोतीमा गैंडाको आक्रमणबाट ९० वर्षकी एक वृद्धाको मृत्यु भएको छ । कावासोती नगरपालिका १० रतवलकी जगरीमाया महतोलाई गैंडाले आक्रमण गर्दा मृत्यु भएको हो ।

कृष्णसार मध्यवर्ती सामुदायिक वनमा भेडा चराउने क्रममा गैँडाको आक्रमणबाट घाईते भएकी महतोको उपचारको क्रममा मध्यविन्दु जिल्ला अस्पताल डण्डामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी बेदबहादुर पौडेलले बताए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics