चुरोटका टुक्राको कण यसरी पुग्दैछन् पिउने पानीमा

सूर्तिजन्य फोहोरमा हुन्छन् ७००० प्रकारका विषाक्त रसायन

काठमाडौं – चुरोट खाने (पिउने) र त्यसको टुक्रा (ठुटा, बट) त्यतिकै फालेको हामिले देखेका छौं/फालेका छौं । तर, कहिले सोचेका छौं यसले स्वास्थ्यका साथै वातावरणमा कति असर गर्छ भनेर ? पक्कै यो विषयलाई हामीले त्यति ध्यान नदिएको हुन सक्छ । तर, अवस्था यसले जटिल बनाउँदै लगेको छ ।


विश्वव्यापी रूपमा, चुरोटको टुक्राहरू संसारमा सबैभन्दा सामान्य रूपमा फ्याँकिएको फोहोर हो, जसले भूमि मात्र होइन नदी, ताल र समुद्रलाई पनि दूषित गरिरहेको छ । ध्यान दिनुपर्ने कुरा के छ भने यी चुरोटका टुक्राहरू साना र हल्का भएकाले फ्याँक्दा पानीको निकासका लागि बनाइएका नालाहरूको सहायताले सजिलै नदी, ताल र जलस्रोतमा पुग्छन् ।


यसरी फालिएका लगभग ४० प्रतिशत चुरोटको टुक्रा नदी र महासागरहरूमा पुग्छन् । संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम (युएनईपी)ले चुरोटबाट निस्कने फोहोर र त्यसको असरबारे सार्वजनिक गरेको नयाँ प्रतिवेदनमा उक्त कुरा उल्लेख गरिएको छ ।


रिपोर्टका अनुसार यी चुरोटका टुक्राहरूमा सामान्यतया सेल्युलोज एसीटेटबाट बनेको प्लास्टिक फिल्टर हुन्छ, जुन बायोडिग्रेडेबलको सट्टा फोटोडिग्रेडेबल हुन्छ । सुर्ति उत्पादक फिलिप मोरिस इन्टरनेशनलका अनुसार यो चुरोटको टुक्रा सड्न १५ वर्षसम्म लाग्न सक्छ ।



माछा, चरा, ह्वेललगायत धेरै सामुद्रिक प्रजातिले खाने बेलामा यी चुरोटका टुक्राहरूलाई अन्जानमा निल्ने गरेको अनुसन्धानले देखाएको छ । जसले यी जीवहरूको स्वास्थ्यमा गम्भीर हानि पुर्याउन सक्छ र यी जीवहरूको मृत्युसमेत हुन सक्छ ।

यति मात्र होइन, यसको विनाश प्रक्रियामा हजारौं प्लास्टिक माइक्रोफाइबरहरू उत्पादन हुन्छ । यो माइक्रोप्लास्टिक आफैमा वातावरणको लागि ठूलो समस्या हो । विश्व स्वास्थ्य संगठनका अनुसार यी सूर्तिजन्य पदार्थसँग सम्बन्धित फोहोरमा करिब ७ हजार प्रकारका विषाक्त रसायनहरू हुन्छन् । जुन यसको बाँकी फोहोरसँगै वातावरणमा फेला पार्न सकिन्छ ।

उक्त अनुसन्धानका अनुसार चुरोटको टुक्राले वार्षिक ७२,००,००,००,००,००,००० लिटर पानी प्रदूषित गर्छ । एउटा चुरोटको टुक्राले लगभग ४० लिटर पानी दूषित गर्न सक्छ । फोहोरको दर र चुरोटको टुक्राको औसत तौलको आधारमा प्रतिवेदनले वार्षिक रूपमा ३.५ मिलियन टनभन्दा बढी प्लास्टिक तंबाकू फिल्टरहरू विश्वव्यापी जलमार्गहरूमा प्रवेश गरिरहेको अनुमान गरेको छ । यस्तो अवस्थामा १५ वर्षको हिसाब गर्ने हो भने करिब ५३ लाख टन चुरोटको टुक्रा हाम्रो पानीको धारामा हुन सक्छ ।


यदि हेर्ने हो भने, नदी र समुद्रमा यसको प्रभाव प्लास्टिक प्रदूषण भन्दा धेरै ठूलो छ । महासागर र नदीहरूमा पाइने चुरोटको बटले हरेक वर्ष ७२,००,००,००,००,००,००० (७२ क्वाड्रिलियन) लिटर पानी दूषित गर्न सक्छ भन्ने अनुमान गरिएको छ ।


यति मात्र होइन, माछा, चरा, ह्वेललगायत धेरै सामुद्रिक प्रजातिले खाने बेलामा यी चुरोटका टुक्राहरूलाई अन्जानमा निल्ने गरेको अनुसन्धानले देखाएको छ । जसले यी जीवहरूको स्वास्थ्यमा गम्भीर हानि पुर्याउन सक्छ र यी जीवहरूको मृत्युसमेत हुन सक्छ ।


अर्को अनुमानअनुसार यी चुरोटका टुक्रा र टुक्राबाट हरेक वर्ष झण्डै ७६ करोड ६० लाख किलोग्राम हानिकारक फोहोर निस्कने गरेको छ । एक अध्ययनले यो पनि खुलासा गरेको छ कि यी चुरोटको टुक्राहरूले खाद्य श्रृंखलामा भारी धातुहरू प्रवेश गराएको छ । जसले स्वास्थ्यमा ठूलो संकट निम्त्याउन सक्छ ।

चुरोटले मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर मात्रै गर्दैन, त्यसबाट निस्कने प्लाष्टिक तथा अन्य हानिकारक फोहोर पनि घातक सावित भइरहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार सुर्ती उद्योगले हरेक वर्ष करिब २००,००० हेक्टर जमिन सफा गर्छ र ६० करोड रूख काट्छ ।


यति मात्र होइन, यस उद्योगले हरेक वर्ष करिब २,२०० करोड टन पानी प्रयोग गर्छ र करिब ८४ मिलियन टन कार्बनडाइअक्साइड उत्सर्जन गर्छ, जसले जलवायु परिवर्तनमा पनि योगदान पु¥याइरहेको छ । यी चुरोटका बटहरूले हरेक वर्ष ३५०,००० टन प्लास्टिक फोहोर उत्पादन गरिरहेको अनुमान छ ।


यो अनुमान गरिएको छ कि एक सिगरेटले मिथेन, नाइट्रस अक्साइड र अन्य वायु प्रदूषकहरू सहित यसको जीवन चक्रमा लगभग ज्ञद्ध ग्राम कार्बन डाइअक्साइड उत्सर्जन गर्दछ । यसका साथै यसले हाम्रो जैविक विविधतामा पनि गम्भीर असर गरिरहेको छ । विश्व स्तरमा यी चुरोट फिल्टरको नकारात्मक असरलाई ध्यानमा राखी प्रतिबन्ध लगाउनु जरुरी छ । प्रतिवेदनमा पनि यो कुरालाई कडाइका साथ वकालत गरिएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics