डोल्पामा डढेलो निभाउन जाँदा घाइते भएका थप २ सैनिकको निधन, डढेलो उस्तै

फाइल तस्बिर ।

काठमाडौं – डोल्पाको एक वनमा सोमबार लागेको डढेलो निभाउँदा घाइते भएका थप दुई सैनिकको पनि निधन भएको छ । यो सँगै उक्त घटनामा निधन हुने सेनाको संख्या तीन पुगेको छ ।

मंगलबार निधन हुनेमा जवान २३ वर्षीय आशिष बुढा र काभ्रे घर भएका जमदार ३८ वर्षीय केशरबहादुर जर्गा मगर छन् । उनीहरूको पोष्टमर्टमको प्रक्रिया अघि बढाइएको नेपाली सेनाले जनाएको छ ।

सोमबार ठूलोभेरी नगरपालिका वडा नम्बर ३ मा सल्किएको डढेलो अनियन्त्रित बनेपछि नियन्त्रणका लागि नेपाली सेनाको टोली खटिएको थियो ।

दुबै जनाको मंगलबार दिउँसो काठमाडौंस्थित कीर्तिपुर अस्पतालमा मृत्यु भएको डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिए ।

सोमबार एक सनाको निधन भएको थियो भने तीन जना सक्त घाइते थिए । एक जना घाइतेको कीर्तिपुरमै उपचार भइरहेको छ । घाइतेलाई सेनाकै हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो ।

सोमबार साँझ घाइते जुम्लाका हेमन्त रावतको मृत्यु भएको थियो । उनको शव पोष्टमर्टमपछि सेनाकै हेलिकप्टरमा जुम्लास्थित घर पु¥याइएको प्रजिअ दाहालले बताए ।

सैनिक ब्यारेक र विद्यालयको बीचबाट आगो फैलिएकोले उग्ररूप लिएको थियो । फोहोर जलाउँदा र हुरी चल्दा आगो फैलिएको हुनसक्ने प्रारम्भिक बुझाइ प्रहरीको छ । अक्करे भीरमा फैलिइरहेको डढेलो अहिले पनि नियन्त्रणमा आइसकेको छैन । आगो बस्तीतिर आउन भने रोकेको उनले बताए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics