आजको मौसम : केही प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडाैं - बुधबार चार प्रदेशमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागको थोरै स्थान र बाँकी पहाडी भू–भागको एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको हो ।

देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ । आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागका एक/दुई स्थानमा भने मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics