भारतबाट नेपाल पसेका १९ हात्ती फर्किए, ५३ वटा नेपालमै

झापा – पूर्व तर्फको सिमाना हुँदै भारतबाट झापासहितका तराइका क्षेत्रमा पसेका १९ वटा हात्ती भारत फर्किएका छन् ।

झापामा रहेर लामो समयदेखि हात्ती संरक्षण क्षेत्रमा काम गरिरहेका सामाजिक अभियन्ता शंकर लुईटेलका अनुसार भारतबाट आएका ७२ वटा हात्ती केही महिना अघि नेपाल छिरेका थिए । त्यसमध्ये बुधबार विहान मेचीनगर–४, बाहुनडाँगी स्थित प्रसाद गौडाबाट १९ वटा फकिएका हुन् ।

भारतबाट नेपाल छिरेका ७२ वटा हात्ती झापा, मोरङ र सुनसरीका सामुदायिक वनहरूमा बसेको थिए । अब ती क्षेत्रका वनहरूमा अझै ५३ वटा भारतबाट छिरेका हात्ती बाँकी रहेको लुईटेलको दाबी छ ।

पूर्वी तराईका क्षेत्रमा हात्तीलाई मनपर्ने बेमौसमी बाली बढी भएकाले यो समय धेरै हात्ती तराइका जिल्लामा बसेको वन विज्ञ बताउँछन् । केही हात्तीले यो क्षेत्रमा नै बच्चा हुर्काइरहेका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics