‘डढेलो नियन्त्रणका क्रममा निधन भएका सैनिकलाई संरक्षण सहिद घोषणा गरौं, पीडित परिवारलाई राहत जुटाऔं’

काठमाडौं – नेपाल वन प्राविधिक संघले डोल्पाको वनमा लागेको डढेलो नियन्त्रण गर्ने क्रममा मृत्यु भएका सेनालाई संरक्षण शहिद घोषणा गर्न र घाइतेको निःशुल्क उपचारका लागी नेपाल सरकार सँग माग गरेको छ । बुधबार एक अपिल जारी गर्दै संघले प्रचलित नियमानुसार आगलागी नियन्त्रणका क्रममा मृत्युवरण गर्ने जवानहरूको परवारलाई राहत उपलब्ध गराउन पनि सरकारको ध्यानाकर्षण गरेको छ ।

‘शहादत प्राप्त गर्ने जवानहरूका परिवारलाई आर्थिक सहयोग जुटाउनका लागी सम्पूर्ण वन पेशाकर्मीहरुलाई वन प्राविधिक बचत तथा ऋण सहकारी संस्था कल्याणकारी कोष मार्फत आवश्यक सहयोगको लागि पनि हार्दिक आह्वान गर्दछौं,’ अपिलमा भनिएको छ ।

डोल्पाको ठूलीभेरी नगरपालिका – ३ र ४, तिब्लाको मस्टा भवानी सामुदायिक वनमा लागेको वन डढेलो नियन्त्रण गर्ने क्रममा डोल्पा स्थित देवीदत्त गुल्ममा कार्यरत जमदार केशव बहादुर जागा मगर (वर्ष ३८), सिपाही हेमन्त रावत (वर्ष २२), सिपाही आशिष बुढा (वर्ष ३८) गरी ३ जनाको निधन भएको छ भने विजय कोइराला (वर्ष ३०) गम्भिर घाइते छन् । उनको उपचार भइरहेको छ ।

यस्तो छ वन प्राविधिक संघको अपिल

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics