वनस्पति विधेयक छिटै ऐनका रूपमा आउँछ : मन्त्री सुडी

काठमाडौं – वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले तत्काल वनस्पति ऐन आवश्यक रहेको बताएका छन् । उनले वनस्पति विधेयकलाई ऐनका रूपमा ल्याउन मन्त्रालयले आवश्यक काम गरिरहेको पनि उल्लेख गरे ।

बिहीबार काठमाडौंमा वनस्पति विभागको ६७औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै भने, ‘मन्त्रालयको पहिलो प्राथमिकता पनि प्रस्तावित वनस्पति विधेयकलाई ऐनका रूपमा ल्याउनु हो ।’

उनले जडीबुटी र सुगन्धित तेलको व्यापार प्रवद्र्धनमा निरन्तरता दिइनुपर्नेमा जोड दिए । मानवीय वा जलवायु परिवर्तनका कारण दुर्लभ, लोपोन्मुख, रैथाने तथा बहुउपयोगी वनस्पति दिन प्रतिदिन संकटमा परिरहेको उनले बताए ।

मन्त्री सुडीले वनस्पति विविधताको अध्ययन, अनुसन्धानबाट प्राप्त नतिजालाई जनस्तरसम्म पु¥याई स्थानीयको जीवनस्तर सुधार गर्न आवश्यक रहेको औँल्याए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics