फूलै फूलको मौसम तिमीलाई…(फोटो फिचर)

काठमाडौंको धोबीखोला क्षेत्रमा फूलेका फूल । तस्बिरहरू : रविन भट्टराई

काठमाडौं – वसन्त ऋतुको आगमन सँगै हावाहुरीले रूखका पात उडाउँछ । सडकका धुलो बडार्छ । अकाश धुलो र प्रदूषणले ढाक्छ । मास्क र चस्मा लगाएर हिड्नुपर्ने बाध्यता मौसमले बनाउँछ । तर, यसै समयबाट नै प्रकृतिले रंग फेर्छ । उडेका पातको ठाउँमा पालुवा पलाउँछ । आफ्नो रंग देखाउन फूलहरू फूल्न सुरु गर्छन् । हल्का वर्षाले मौषम सफा गर्छ ।

धुलो, हिलो होस् या हिमाल र टाकुरा, जहाँ पनि वसन्त ऋतुको सन्देश दिन फूलहरू उपस्थित हुन्छन् । फूलहरूले त्यस स्थानको अवस्था नै परिवर्तन गर्छन् । तनावमा यहाँ पुग्नेलाई शान्त पार्छन् । हो, अहिले प्रदूषित देखिएको धोबीखोला माथि पनि यसरी नै निर्धक्क फूलेका छन् अनेकथरी फूल । र, यहाँ पुग्नेको मन लोभ्याईरहेका छन् ।

रङ्गीविरङ्गी फूलले धोबीखोला करिडोरको शोभा बढाएको छ । वातावरणलाई समेत सफा राख्न मदत गरेको छ । त्यही सडकमा दिनहुँ यात्रा गर्ने यात्रुहरूलाई कोरिडोरको दृश्यले मोहित बनाएको छ । बूढानीलकण्ठ नगरपालिका–१३ भद्रकाली मन्दिरदेखि काठमाडौं महानगरपालिकामा पर्ने भत्केको पुल, रातोपुलबाट बानेश्वरको बुद्धनगर हुँदै बगेको धोबीखोला करिडोरअन्तर्गत सडकमा मनै लोभ्याउने फूलहरू फुलेका छन् ।

काठमाडौं महानगरअन्तर्गत पर्ने धोबीखोला किनारका लागि महानगरको वातावरण विभागले विरुवा र फूल संरक्षण गर्दै आएको महानगरका प्रवक्ता नवीन मानन्धर बताउँछन् । भन्छन्, ‘महानगरले हरियाली प्रवर्द्धन आयोजनामार्फत वातावरणको संरक्षण गर्न बोटविरुवा रोप्ने र फूलहरूको संरक्षण गर्ने काम गरिरहेको छ । यो फूल फूलेको समयमा अझै सक्रिय भएर महानगरले संरक्षणको प्रयास पनि गरिरहेको छ ।’

यो क्षेत्रमा बढी अक्सिजन उपलब्ध गराउने वर–पीपललगायत जन्डिस भएको समयमा प्रयोग गरिने लहरे जडीबुटीसमेत पाइन्छ । हेरौं यस क्षेत्रमा आइतबार क्यामरामा कैद गरिएका तस्बिर ।
















रविन भट्टराई

प्रतिक्रिया दिनुहोस

web
analytics