ढोरपाटन सिकार आरक्षमा वन्यजन्तु सप्ताह

ढोरपाटन (बागलुङ) - नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा वन्यजन्तु सप्ताह सुरु भएको छ । वन तथा वन्यजन्तु संरक्षणका लागि ढोरपाटन सिकार आरक्षले वन्यजन्तु सप्ताह थालेको हो । वैशाख १ गतेदेखि सुरु भएको कार्यक्रम ७ गतेसम्म सञ्चालन हुने छ ।

यस अवसरमा स्थानीयवासीलाई वनजङ्गल र वन्यजन्तु संरक्षण सम्बन्धी जनचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरिएको ढोरपाटन सिकार आरक्षका संरक्षण अधिकृत पशुपति अधिकारीले जानकारी दिए । पहिलो दिन प्रभात फेरीसहित जनचेतनामूलुक कार्यक्रम गरिएको थियो । सात दिनसम्म आरक्षण क्षेत्रको संरक्षणमा स्थानीय नागरिकलाई अपनत्व हुने प्रशिक्षण दिइने उनको भनाइ छ ।

पछिल्लो समय चोरी सिकारी बढ्न थालेपछि सिकार आरक्ष कार्यालयले नागरिकलाई वन्यजन्तुसम्बन्धी कानुनी प्रावधानको जानकारी गराउने आरक्ष कार्यालयले जनाएको छ । वन्यजन्तु सप्ताहका अवसरमा ढोरपाटन क्षेत्रका विभिन्न स्थानमा सरसफाइ, घोडा दौड प्रतियोगिता, विद्यालय शिक्षा कार्यक्रम, पर्यटन व्यवसायीसँग पर्यटन प्रवर्द्धनसम्बन्धी गोष्ठी सञ्चालन भइरहेका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics