५ सचिवको सरुवा, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा सिंह

विनोद प्रकाश सिंह

काठमाडौं – सरकारले पाँच जना सचिवको सरुवा गर्दा विनोद प्रकाश सिंहलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग पुर्याइएको छ ।

स्रोतका अनुसार यसअघि सिंहको युवा तथा खेलकुदमा सरुवा गर्ने भनिए पनि पछि आयोगमा गरिएको हो ।

उनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा थिए । उपराष्ट्रपतिको कार्यालयमा रहेका सचिव मुकुन्दप्रसाद निरौलालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ल्याइएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको बताईको छ । बैठकले निजामती सेवाका राजपत्राङ्कित विशिष्ट श्रेणीका सचिवहरूको सरुवा गरेको हो ।

यसै बिच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका सचिव दिनेश भट्टराईलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा गरिएको छ भने त्यहीका अर्जुन प्रसाद पोखरेललाई राष्ट्रिय तथ्याङ्क कार्यालयमा पठाइएको छ ।

यसैगरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव सुमनराज अर्याललाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics