बाख्रा चराउन गएकी देविकाले घरमा सालक ल्याएपछि…

काठमाडौं – खोटाङमा स्थानीयले समातेको सालकलाई सुरक्षित स्थानमा छाडिएको छ ।

हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाकी देविका राईले बाख्रा चराउन गएको बेला स्थानीय हात्तीवन सामुदायक वनमा फेला पारेर चैत २९ गते सालक घर ल्याएकी थिइन् ।

उक्त सालक शनिबार दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाको साप्सुखोला किनारको आसपास छाडिएको हलेसीस्थित डिभिजन वन कार्यालय खोटाङका निमित्त प्रमुख धर्म चौधरीले जानकारी दिए ।

राईलाई लोपोन्मुख सालक मार्न नपाइने जानकारी भए पनि नचिनेकाले समातेर घरमा ल्याएकी थिइन् । सालक हो भन्ने थाहा पाएपछि हलेसीस्थित डिभिजन वन कार्यालयमा चैत २९ गते नै ल्याइएको र नयाँ वर्षको दिन छाडिएको हो ।

हलेसी तुवाचुङ नगरपालिका क्षेत्रमा असुरक्षा हुने भएकाले निर्मलीडाँडा क्षेत्रमा छाडिएको वन रक्षक विनोद गजमेरले बताए ।

६ केजीको भाले सालकलाई डिभिजन वन कार्यालय दिक्तेलमा ल्याएर हेर्दा स्वस्थ देखिएको र त्यसपछि छाड्न पठाइएको चौधरीले बताए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics