हिमाल सफा गर्न सेनाको टोली पुग्यो स्याङ्बोचे

स्याङ्बोचे पुगेको नेपाली सेनाको टोली ।

काठमाडौं – सफा हिमाल अभियान–२०२४ मा संलग्न नेपाली सेनाको टोली आइतबार स्याङ्बोचे पुगेको छ । टोली सगरमाथा, ल्होत्से र नुप्त्से हिमाल सफाइको लागि गएको हो ।

उक्त टोलीमा १२ जना सैनिक र १ जना शेर्पा सरदारसहित १३ जना छन् । टोली नेपाली सेनाको हवाई साधनमार्फत स्याङ्बोचे इलाकामा पुगेको हो ।

अभियानलाई प्रभावकारी बनाउन स्थानीय जनसमुदायहरूसँग अन्तर्क्रिरया गर्दै करिब ७ दिनको पदयात्रा गरेर टोली सगरमाथा आधार शिविर पुग्ने योजना रहेको सेनाले जनाएको छ ।

‘पदयात्राको क्रममा सचेतना अभिवृद्धि तथा अभियानको प्रचार प्रसारको लागि पदमार्गको सरसफाइसमेत गरिनेछ,’ सेनाको विज्ञप्तिमा उल्लेख छ ।

सगरमाथा, ल्होत्से र नुप्त्से हिमालका विभिन्न क्याम्पहरूबाट करिब १० टन फोहोर र ५ वटा मानव शव संकलन गर्ने टोलीको लक्ष्य छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics