बुद्धचित्तको रुख काटेको घटनामा अनुसन्धान गर्न थप १ जना नियन्त्रणमा
- नेचर खबर
काठमाडौं - काभ्रेको रोशी गाउँपालिका–५ सिपालीस्थित बुद्धचित्तको मालाको रुख काटेको घटना अनुसन्धान गर्न प्रहरीले थप एक जनालाई नियन्त्रणमा लिएको छ ।
काभ्रे घर भएका दुर्गालाल तामाङलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले बताए ।
चैत २९ मा राति अज्ञात समूहले ३ करोड मूल्यमा ठेक्का लागेको रुख काटेर फरार भएका थिए ।
शुक्रवार प्रहरीले काठमाडौँको शंखमुलबाट काभ्रेका मानबहादुर तामाङलाई नियन्त्रणमा लिएको थियो ।
नियन्त्रणमा रहेका दुवै जना गत वर्ष सो माला किन्ने ठेकेदार हुन् ।
प्रतिक्रिया दिनुहोस