यस्तो छ आजको मौसम

काठमाडौं - आज कोशी प्रदेशको पहाडी भू-भागका थोरै स्थान तथा बागमती, गण्डकी र कर्णालीका पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा वर्षा/हिमपातको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका केही स्थानमा हावा/हुरीको सम्भावना छ ।

अहिले भने सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधारणत: बदली तथा बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सफा छ ।

महाशाखाका अनुसार अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ ।

महाशाखाले वर्षा/हिमपातको सम्भावना रहेका र हावा/हुरीको सम्भावना रहेका क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोधसमेत गरेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics