एक दशकपछि फेरियो सगरमाथा चढ्ने रुट, यस सिजनको बाटो खुल्ला

काठमाडौं - सन् २०२४ को वसन्त ऋतुको सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सम्पन्न भएको छ । चैत १ गते पूजा गरेर रोप फिक्सिङ अर्थात् डोरी टाँग्ने काम सुरु भएको थियो ।

रोप फिक्सिङको काम सम्पन्न गर्न यस पटक ३६ दिन लागेको पर्यटन विभागले जनाएको छ । रोप फिक्सिङ टोलीले सन् २०१४ भन्दा पहिलो प्रयोग हुने लोलापिक नजिकैबाट नयाँ बाटो बनाएको छ ।

सन् २०१४ देखि २३ सम्म प्रयोग गरेको बाटोको पहिलो शिविरमा हिउँ अस्थिर भएपछि नयाँ बाटो बनाइएको हो । बाटो बनेसँगै दोस्रो शिविर पनि खुला गरिएको छ ।

सगरमाथा आरोहणका लागि अहिले २ सय ७४ जनाले अनुमति लिइसकेका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics