‘वातावरण सफा राखौं र स्वच्छ बनौं’ भन्ने सन्देश दिन एकल म्याराथन

काठमाडौं – बर्दियाका पुष्कर विश्वकर्माले ‘वातावरण सफा राखौं र स्वच्छ बनौं’ भन्ने सन्देशका साथ काठमाडौंको रिङरोडमा बुधबार एकल म्याराथन दौड गरेका छन् ।

उनले कलंकिबाट विहान ७ बजे म्याराथन सुरु गरी बल्खु, एकान्तकुना, सातादोबाटो, ग्वार्को, कोटेश्वर, सिनामंगल, चाबहिल, महाराजगन्ज, बालाजु, स्वयम्भू हुँदै पुनः कलंकिमा आएर दौड सकेका थिए ।

पूरै रिङरोड ३ घण्टा ३८ मिनेट १३ सेकेण्डमा उनले पुरा गरेका हुन् । उक्त म्याराथन लायन्स क्लब अफ काठमाडौं बबरमहलले आयोजना गरेको हो ।

लायन्स क्लब डिस्ट्रिक ३२५ एचका डिस्ट्रिक गभर्नर लायन शम्भुबहादुर थापाले उक्त म्याराथन सुरु गराएका थिए । उक्त कार्यक्रममा लायन्स क्लबका अन्य लिडरहरुको पनि उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रममा धावक पुष्कर विश्वकर्माले नियमति व्यायाम गर्ने, खानपानमा ध्यान दिने र वातावरण सफा राख्न सकियो भने स्वस्थ रहन सकिन्छ भन्ने सन्देश समेत बाँडेका थिए ।

आगामी दिनमा पनि यस्तै सचेतनामुलक कार्यक्रमहरू आयोजना गर्ने आयोजक क्लबका अध्यक्ष लायन तारा प्रसाद मैनालीले बताए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics