कतिले बढ्यो कृषि विकास बैंकको खुद नाफा ?

काठमाडाैं - चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कृषि विकास बैंकको खुद नाफा झन्डै शतप्रतिशतले बढेको छ।

बैंकले सार्वजनिक गरेको तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ९७.२२ प्रतिशतले बढेको हाे ।

यस अवधिमा बैंकको खुद नाफा २ अर्ब ५ करोड ३१ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकको खुद नाफा १ अर्ब ४ करोड १० लाख रहेको थियो।

हाल संचालन रहेका वाणिज्य बैंक मध्ये कृषि विकास बैंकको नाफा सर्वाधिक बढेको हो । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब १२ करोड रहेको छ ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी बढेर ७ अर्ब २० करोड पुगेको छ । बैंकको संचालन मुनाफा २ अर्ब ६७ करोड रहेको छ ।

बैंकको चुक्ता पुंजी १९ अर्ब ८८ करोड रहेको छ भने रिजर्भमा १५ अर्ब ६४ करोड रहेको छ ।

बैंकको निक्षेप संकलन २ खर्ब २८ अर्ब रहेको छ भने बैंकले १ खर्ब ९६ अर्ब कर्जा प्रवाह गरेको छ । बैंकको खराब कर्जा सुधार हुँदै ४.२० प्रतिशतबाट घटेर ३.३ प्रतिशत रहेको छ ।

समीक्षा अवधिमा बैंकको प्रति शेयर आम्दानी १७ रुपैयाँ ९३ पैसा रहेको छ भने प्रति शेयर खुद मूल्य २२२.८५ रुपैयाँ रहेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics