भक्तपुरमा चितुवाले आक्रमण गर्दा १४ वर्षीय बालिका घाइते

काठमाडौं – चितुवाको आक्रमणबाट भक्तपुरमा एक बालिका घाइते भएकी छन् । घाइते हुनेमा १४ वर्षीया चयन बस्नेत रहेकी छन् ।

उनी चाँगुनारायण नगरपालिका–४ साङदहस्थित मामाघरमा पढ्न बसेकी थिइन् ।

घर नजिकै कोही नबस्ने खाली घरमा खेल्न जानेक्रममा झाडीबाट अचानक निस्किएको चितुवाले उनीमाथि आक्रमण गरेको भक्तपुरका डीएसपी राजन कार्कीले जानकारी दिए ।

सख्त घाइते अवस्थामा भेटिएकी उनको टेकु अस्पतालमा उपचार भइरहेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics