कतारका अमिरलाई नेपालले ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ उपहार दिने

काठमाडौं - कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने नेपाल भ्रमणका सिलसिलमा मंगलबार काठमाडौं आउँदै छन् । उनलाई नेपाल सरकारले दुई हात्ती उपहार दिने तयारी गरेको छ ।

चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टर कार्यालयको हात्तीसारमा रहेकी पोथी छावा ‘रुद्रकली’ र निकुञ्जको हात्ती प्रजनन् तथा तालिम केन्द्र खोरसरमा रहेको भाले छावा ‘खगेन्द्रप्रसाद’ उपहार दिने तयारी गरेको हो ।

चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टर कार्यालयको हात्तीसारमा रहेकी पोथी छावा रुद्रकली । - रासस


सौराहास्थित चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन् तथा तालिम केन्द्र खोरसरमा रहेको भाले छावा ‘खगेन्द्रप्रसाद’ । -रासस

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics