नर्सरी घुम्दै कृषि मन्त्री



कृषि विकास मन्त्री गौरीशंकर चौधरी काठमाडाै‌काे नर्सरी घुम्दै छन् । पुष्प व्यवसायकाे अवस्था बुझ्न उनले बुधबार राजधानीका बिभिन्न नर्सरी र कटफ्लावर फार्मको अनुगमन गरेका छन् ।

बालुवाटारमा रहेको बागमती फ्लोरा, थलीस्थित एभरेष्ट फ्लोरिकल्चर र जोरपाटीस्थित ओम नर्सरीको अवलोकन गरेका थिए । अनुगमन पछि मन्त्री चौधरीले सरकारले पुष्प क्षेत्रमा गरेको लगानीको निजी क्षेत्रले उचित सदुपयोग गरेको बताउँदै फ्लोरिकल्चर क्षेत्रसँग मन्त्रालयले गर्दै आएकोे साझेदारी कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता रहेको प्रतिक्रिया दिए । सरकारको सहयोग बिना पनि यो क्षेत्रमा निजी क्षेत्रको लगानी उल्लेख्य रहेको बताउँदै पहिलो पटक अनुगमनमा निस्किएका मन्त्री चौधरीले फ्लोरिकल्चर क्षेत्रलाई मन्त्रालयको सहयोग रहने समेत बताए ।



अनुगमनमा मन्त्री संगै पुगेका फ्लोरिकल्चर एशोसिएशन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले ग्रीन हाउसमा हालसम्म कृषि बिकास मन्त्रालयको ५ करोड लगानी भइसकेको र ४ करोड लगानी गर्ने क्रममा रहेको बताए । उनले आधुनिक पूर्वाधारमा लगानी नगरेसम्म फूलमा आत्मनिर्भर हुन नसकिने बताउँदै यो क्षेत्रमा मन्त्रालय र नीजि साझेदारी कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics