डढेलो निभाउन गएको दमकलमै सल्कियो आगो
- नेचर खबर
 
                                                        रूपन्देही - रूपन्देहीमा डढेलो निभाउन गएको दमकल जलेको छ। तिलोत्तमा नगरपालिकाको दमकल डढेलो निभाउन जाँदा बुधबार दिउँसो सोही डढेलोमा परेको हो।  
वडा नम्बर ८ गणेशनगरको जङ्गलमा डढेलो लागेपछि नगरपालिकाको लु १ ग ३४९ नम्बरको दमकल डढेलो निभाउन गएको थियो। 
सोही दमकलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ।  
आगलागीबाट दमकलको इन्जिनसहितका भाग जलेको प्रहरीले जनाएको छ। घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।

 
                                                             
                                                             
                                                             
                                                             
                                                             
                                                             
                                                             
                                                             
                                                             
                    
प्रतिक्रिया दिनुहोस