बालेनलाई किन मन परेन कतारलाई हात्ती दिने निर्णय ?
- नेचर खबर

काठमाडौं - नेपाल सरकारले कतारलाई हात्ती उपहार दिने तयारी गरेकोप्रति काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले असन्तुष्टि व्यक्त गरेका छन् ।
फेसबुकमा स्ट्याटस लेख्दै बालेनले असन्तुष्टि पोखेका हुन् । उनले लेखेका छन्, ‘जनावर बेच्नु वा उपहारमा दिनु वैध हो ? मरुभूमिमा जङ्गली जनावर कसरी बाँच्न सक्छन् ?’
बालेनले नेपालमा पशु अधिकारलाई जोक बनाइएको टिप्पणी समेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस