सामुदायिक वनमा डढेलो लगाउने युवक समातिए, मुद्दा चलाइँदै
- नेचर खबर
 
                                                        बेनी- म्याग्दीको एउटा सामुदायिक वनमा डढेलो लगाउने युवक पक्राउ परेका छन् । बेनी नगरपालिका- ६ को खैरेनी सामुदायिक वनमा आगो लगाउने स्थानीय एकजना युवकलाई पक्राउ गरिएको डिभिजन वन कार्यालय म्याग्दीले जनाएको छ ।
गत वैशाख ९ गते डढेलो लगाएको सूचनाका आधारमा पक्राउ गरिएका युवा केही दिनअघि मात्रै वैदेशिक रोजगारी फर्किएका खुलेको छ। सहायक वन अधिकृत विनयबहादुर अधिकारीले ती युवकको विस्तृत विवरण मुद्दा अघि बढाएपछि सार्वजनिक गरिने जानकारी दिएका छन् ।
म्याग्दीमा ३ सय ११ सामुदायिक वनमध्ये १ सय १२ वटाको १ हजार हेक्टरमा डढेलो लागेको छ ।

 
                                                             
                                                             
                                                             
                                                             
                                                             
                                                             
                                                             
                                                             
                                                             
                    
प्रतिक्रिया दिनुहोस