लगानी सम्मेलनमा ५ सम्झौता
- नेचर खबर
काठमाडौं - लगानी सम्मेलनको दोस्रो दिन २ वटा सम्झौता (एमओयू) भएको छ । होटलसँग सम्बन्धित र सार्वजनिक नीजि साझेदारीसँग सम्बन्धित विषयमा एमओयू भएको हो । नेपालको शाख समूहले हङकङको बोर होटलसँग एमओयू गरेको हो ।
नेपाल एसोसिएसन अफ सार्वजनिक निजी साझेदारी (एनएपीपीपी) र वर्ल्ड एसोसिएसन अफ अफ पीपीपी युनिट एण्ड पीपीपी प्रोफेसनल (वाप्प)बीच समेत एमओयू सम्झौता भएको छ उक्त सम्झौता अनुसार बोर होटलले नेपालको कपिलवस्तुमा होटलमा लगानी गर्ने छ । उक्त होटलमा चीनबाट करिब १ अर्ब ९० करोड रुपैयाँ लगानी आउनेछ ।
सम्मेलनको पहिलो दिन ३ वटा एमओयू सम्झौता भएको थियो । जसमध्ये नेपाल उद्योग वाणिज्य महासंघ र मलेसियाको चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिजबीच दुई सम्झौता भएको थियो ।
प्रतिक्रिया दिनुहोस