ललितपुरको डढेलोमा घाइते भएका थप १ को मृत्यु
- नेचर खबर

ललितपुर– गोदावरी नगरपालिका–४ बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका रमेश पहरीको मृत्यु भएको छ ।
कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
आगो निभाउने क्रममा गम्भीर घाइते भएका शंकर पहरीको मंगलबार मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस