अब डोटीमा वन डढेलो लगाउने व्यक्तिलाई कारबाही

डोटी - डोटीमा बन डढेलो लगाउने व्यक्तिलाई पक्राउ गरी कारबाही गरिने भएको छ ।

शनिवार डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालयमा बसेको बन डढेलो नियन्त्रणसँग सम्बन्धित सरोकारवाला निकाएको बैठकले उक्त निर्णय गरेको डिभिजन बन कार्यालय डोटीका सूचना अधिकारी लक्ष्मीराज जोशीले बताए ।

जिल्लाका विभिन्न स्थानहरूमा बन डढेलोका घटनाहरू बढ्दै गएकोले बन डढेलो लगाउने व्यक्तिलाई पक्राउ गरी नियमानुसार कारबाही गरिने डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले बताए ।

उनले भने यदि कोही कसैले बनमा आगो लगाउने कार्य गरेको देखेमा सम्बन्धित निकायमा जानकारी गराउन आग्रह समेत गरेका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics