कोका-कोलाको ‘कोका-कोला महोत्सव’अर्डर गर्दा आकर्षक छुट

काठमाडौँ - कोका–कोलाले ‘कोका–कोला महोत्सव’ नामक नयाँ योजना सार्वजनिक गरेको छ । यो योजना अन्र्तगत ग्राहकहरूले रेष्टुरेण्टहरूमा कम्बो डिससँग कोका–कोला अर्डर गर्दा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

यो क्याम्पेनको लागि कोका–कोलाले केकेएफसी, डल्ले, पेपे पिज्जा, रोडहाउस, भ्याली एक्स्प्रेस, द बर्गर हाउस एड सिएफसी र माइकल ग्रिल्स जस्ता विभिन्न रेष्टुरेण्टहरूसँग सहकार्य गरेको छ ।

यी रेष्टुरेण्टहरूमा कोकसँग स्पेसल मिल कम्बो अर्डर गर्दा ग्राहकहरूले २० देखि २५ प्रतिशत सम्मको छुट अथवा केहि खानाहरूसँग निःशुल्क कोक प्राप्त गर्न सक्नेछन् ।

कोका–कोलाको कोक+मिल्स् क्याम्पेनको नयाँ संस्करणको रूपमा ल्याइएको ‘कोका–कोला महोत्सव’ बैशाख २६ गतेदेखि जेठ २५ सम्म चल्नेछ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics