मकालु हिमाल आरोहणका क्रममा फ्रान्सेली आरोहीको मृत्यु

काठमाडौं - विश्वको पाँचौं अग्लो चुचुरो ‘माउन्ट मकालु’मा एक फ्रान्सेली पर्वतारोहीको मृत्यु भएको छ । ६० वर्षीय जोनी सालिबाको ८ हजार १ सय २० मिटर उचाइमा पुग्दा मृत्यु भएको आरोहण आयोजकले जनाएका छन् ।

शिखरतर्फ गइरहेका बेला फ्रान्सेली पर्वतारोहीको स्वास्थ्य अवस्था जटिल हुँदै गएपछि गाइडले तल झार्ने क्रममा मृत्यु भएको आरोहण संयोजक बोधराज भण्डारीले जनाएका छन् । उनको शव निकाल्ने प्रयास भइरहेको समेत उनले बताए ।

उनीसँगै गएका अन्य फ्रान्सेली सदस्यहरू सकुशल आधार शिविरमा फर्किएको बताइएको छ ।

त्यस्तै, गत साता मकालु पुगेपछि फर्कने क्रममा ५३ वर्षीय नेपाली गाइडको पनि मृत्यु भएको थियो ।

यस वर्ष नेपालले मकालु हिमाल आरोहण गर्ने विदेशी आरोहीहरूलाई ५९ वटा परमिट जारी गरेको छ । त्यस्तै, नेपालले यस वर्ष सगरमाथाका लागि ४ सय १४ गरी कुल ९ सयभन्दा बढी पर्वतारोहण अनुमतिपत्र जारी गरेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics