सांग्रिला डेभलपमेन्ट बैंकले गर्यो ‘तेस्रो सांग्रिला साइकल र्यालीको’ रजिष्ट्रेशन खुल्ला
- नेचर खबर

काठमाडाैं - सांग्रिला डेभलपमेन्ट बैंकले विश्व वातावरण दिवसका अवसरमा काठमाडाैंमा साइकल र्याली गर्ने भएको छ । ‘इन्धन बचाऔँ, वातावरण जोगाऔँ’ भन्ने नाराका साथ डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल, बिवाइडी तथा अन्य संघसंस्थाहरुसँगको सहकार्यमा यही जेठ १९ गते शनिवारका दिन साइकल र्याली आयोजना गरिएको हो ।
साइकल र्यालीमा सहभागी हुन चाहने इच्छुकहरूले https://www.shangrilabank.com/cyclerally/ मा निःशुल्क दर्ता गरी आफ्नो सहभागिताको सुनिश्चितता गर्न सकिन्छ । उक्त साइकल र्याली बिहान ७ः०० बजेदेखि शुरु हुनेछ ।
र्याली सानोगौचरन मैदानबाट सुरु हुँदै नागपोखरी, नारायणहिटी, दरबार मार्ग, भद्रकाली मन्दिर, सहिद गेट, त्रिपुरेश्वर रङ्गशाला, थापाथली, माइतीघर, बिजुली बजार, नयाँ बानेश्वर पानी ट्याङकी, पुरानो बानेश्वर, गौशाला, रातोपुल, जर्मन एम्बेसीबाट, सानोगौचरन मैदानमा पुगी समापन गरिने बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस