राष्ट्रिय वाणिज्य बैंक र मुद्रण विभागबीच पेसाकर्मी सरल कर्जा सम्झौता

काठमाडौं-राष्ट्रिय वाणिज्य बैंक र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतको मुद्रण विभागबीच विभागका कर्मचारीलाई पेसाकर्मी सरल कर्जा प्रवाह सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र विभागका महानिर्देशक रेखा कँडेलले हस्ताक्षर गरे।

सम्झौतापछि तोकिएको सेवावधि पूरा गरेका कर्मचारीलाई विभागको सिफारिसमा अधिकतम १५ लाखसम्म बैंकले पेसाकर्मी सरल कर्जा प्रवाह गर्नेछ। बैंकले आधारदरमा २ प्रतिशत प्रिमियम जोडेर ब्याजदर कायम गरी कर्जा लगानी गर्नेछ।

हाल बैंकको आधार दर ७१३५ प्रतिशत छ। सम्झौताअनुसार विभागका कर्मचारीको तलबी खाता बैंकले सञ्चालन गर्नेछ। बैंकले हाल २८७ शाखा, ३०८ एटिएम र ७० वटा एक्सस्टेन्सन काउन्टरबाट सेवा दिँदै आएको छ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics