सगरमाथा आरोहण गर्न गएका केन्याका नागरिक मृत फेला, गाइड शेर्पा बेपत्ता

काठमाडौं - विनाअक्सिजन सगरमाथा चढ्ने क्रममा केन्याका आरोही जोसुआ चेरियट किरुईको मृत्यु भएको छ । बुधबार राति साढे १० बजे सगरमाथा चुचुरो नजिकै (८,८३० मिटर) उनी मृत अवस्थामा भेटिएको पर्यटन विभागले जनाएको छ । विभागका अनुसार ‘एसएसटी एभरेस्ट एस्पिड २०२४ स्प्रिङ टिम २’ पर्वतारोहण दलका ४० वर्षीय आरोही सेभेन समिट ट्रेकमार्फत सगरमाथा चढ्न गएका थिए ।

उनी विनाअक्सिजन आफ्ना नेपाली माउन्टेन गाइड सोलुखुम्बुका ङवाङ शेर्पाका साथमा १८ मेका दिन आधार शिविरबाट दोस्रो आधार शिविर तर्फ प्रस्थान गरेका थिए । उनीहरू १९ मेका दिन दोस्रो शिविरमा बसेर २० मेका दिन तेस्रो शिविर पुगेका थिए ।

२१ मेका दिन चौथो शिविर पुगेका उनीहरू २२ मे ९बुधबार० बिहान सगरमाथा चुचुरोतर्फ लागेका थिए । आरोही र सहयोगी सगरमाथा नजिकै पुगे पनि आरोहण गरेरनगरेको यकिन नभएको समेत विभागले जनाएको छ ।

बुधबार दिउँसो ९ बजेसम्म पनि रेडियो सम्पर्कमा नआएपछि सेभेन समिटले चार जना अनुभव माउन्टेन गाइन परिचालन गरी क्याम्प २ माथि खोजतलास गरेको थियो । सो क्रममा राति साढे १० बजे केन्याका आरोहीको शव भेटिएको हो । सहयोगी शेर्पाको भने अझै खोजी जारी रहेको र अवस्था समेत अज्ञात रहेको पर्यटन विभागले जनाएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics