कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौं - नेपालमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशलगायत आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहेको छ । गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा, लुम्बिनी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भैरहेको छ ।

आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, मधेस र बागमती प्रदेशका केही स्थानहरूमा, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति कोशी प्रदेशमा पूर्ण बदली, मधेस, बागमती र गण्डकी प्रदेशलगायत बाँकी पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली रहने छ । कोशी प्रदेशका केही स्थानहरूमा, गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम बर्षा तथा मधेस प्रदेश लगायत बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics