५ जिल्लामा कस्तूरी मृग लगायत वन्यजन्तु पालनको व्यावसायिक फार्म स्थापना गर्ने
बजेट भाषण
- नेचर खबर
काठमाडौं - सरकारले पाँच जिल्लामा कस्तूरी मृग लगायत वन्यजन्तु पालनको व्यावसायिक फार्म स्थापना गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को बजेट भाषणमा सो घोषणा गरेका हुन् ।
उनले भने, ‘म्याग्दी, मुस्ताङ, मनाङ, गोरखा र धादिङ जिल्लाको हिमाली क्षेत्रमा कस्तूरी मृग लगायत वन्यजन्तु पालन गर्ने व्यावसायिक फार्म स्थापना गरिनेछ ।’ यो कार्य निजी क्षेत्र र स्थानीय समुदायको सहभागितामा गरिने अर्थमन्त्री पुनले बताए ।
मन्त्री पुनका अनुसार कृषि तथा पशुपक्षी विकास मन्त्रालयको लागि ५७ अर्ब २९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस