गर्मी बढ्यो, इटहरीमा दुई दिन विद्यालय बिदा

इटहरी - इटहरी उपमहानगरपालिकाले गर्मी बढेपछि दुई दिन विद्यालय बिदा दिएको छ । नगर प्रमुख हेमकर्ण पौडेलका अनुसार १७ र १८ जेठमा विद्यालय बन्द हुनेछ ।

केही दिनयता गर्मी बढेको र गर्मीका बेला विद्यार्थीहरु समस्यामा पर्ने हुनाले बिदा दिइएको उनले बताए । वर्षा नभएका कारण केही दिनयता मधेश र तराई क्षेत्रमा गर्मी बढेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics