पूर्व सचिव लोकप्रसाद आचार्यको निधन

काठमाडौं – नेपाल सरकारका पूर्व सचिव लोकप्रसाद आचार्यको निधन भएको छ । उनको जेठ ११ गते राती ९ बजे निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

बिशिष्ठ श्रेणीमा पदोन्नती भई सुदुरपश्चिमको क्षेत्रिय प्रशासक भए पश्चात स्वास्थ्यको कारणले राजिनामा दिएर उनी घरमा नै आराम गरिररहेका थिए ।

इलाम जिल्ला जीतपुरमा २०१५ माघ ५ गते जन्मेका आचार्य झापाको मेचिनगर र त्यसपछि राजधानीमा सरेका थिए । उनको परिवार पछिल्लो समय कीर्तिपुर नगरपालिका –१०, ट्याङ्लाफाँटमा स्थायी बसोबास गर्दै आएको छ ।

आचार्यले आफ्नो कार्यकालमा लोकप्रिय, निष्ठावान र अत्यन्त इमान्दार प्रशासकका रूपमा छवि बनाएका थिए । आफ्नो प्रशासनिक कार्यकालको अधिकांश समय सञ्चार मन्त्रालय अन्तर्गत पूर्वाञ्चल क्षेत्रिय हुलाक निर्देशनालय, विराटनगरको क्षेत्रिय महानिर्देशक, गोश्वारा हुलाक, सुन्धाराको प्रमुख र हुलाक सेवा बिभागको महानिर्देशकको रूपमा बिताएका उनले नेपालको हुलाक सेवाको आधुनिकीकरण गर्न अग्रणी भूमिका निभाएका थिए ।

आफ्नै घरमा धेरै पुस्तकहरूको संग्रह गर्न रुचाउने उनका विभिन्न समयमा शिक्षा, देश विकास र अन्य बिषयका दर्जनौं लेख, रचना र पुस्तकहरू प्रकाशित छन् । उनका तीन छोरी, एक छोरा र श्रीमती छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics