डडेलधुरामा वन डढेलोमा १ अर्ब रुपैयाँभन्दा बढीको काठ जलेर नष्ट

डडेलधुरा - डडेलधुरामा वन डढेलोमा परी एक अर्ब रुपैयाँभन्दा बढीको जंगलको काठ जलेर नष्ट भएको छ ।

दुई महिनाको अवधिमा परशुराम नगरपालिका र आलिताल गाउँपालिकाको जंगल क्षेत्रमा ३ लाख क्युबिक फिट सालको काठ डढेलोमा नष्ट भएको हो ।

त्यस्तै अरु पाँचवटा स्थानीय तहमा करिब २ लाख क्युबिक फिट सल्लाको काठ जलेर नष्ट भएको डिभिजन वन कार्यालयले जनाएको छ ।

बजारमा सालको काठ प्रति क्युबिक फिट २ हजार ५ सय छ भने सल्लाको काठ प्रतिक्युबिक ७ सय रुपैयाँ छ । आगलागीबाट अर्बौं रुपैयाँको काठ जलेपछि मात्रै वनभित्र रहेको ढलापडा र सुक्खा काठ निकासी गर्ने कार्ययोजना पास गरिएको छ ।

७६ प्रतिशत वन क्षेत्र रहेको डडेल्धुरामा तीन वर्षदेखि काठ निकासी नहुँदा काठसँगै ठूलो मात्रा जडिबुडीसमेत नोक्सानी भएको डिभिजन कार्यालयले जनाएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics