“मनसुन सुरु भयाे, असर राेक्न छैन सरकारकाे तयारी”

काठमाडौं - नेकपा एमालेका सांसद योगेश भट्टराईले मनसुन सुरु भएको भन्दै सरकारले त्यसको असरबारे पूर्व तयारी नगरेको बताए ।

प्रतिनिधिसभा बैठकमा बाेल्दै उनले बाढी पहिरोबाट निम्तिने क्षतिबारे सरकारले पूर्व तयारी गर्नुपर्ने बताएका हुन् ।

आजको बैठकमा तीन वटा मन्त्रालयको बजेटका विभिन्न शीर्षकहरुमाथि छलफल हुने कार्यसूची छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतका विभिन्न शीर्षकमा छलफल हुँदै छ ।

यस्तै आजको बैठकमा प्रेम सुवालले विनियोजन विधेयक, २०८१ अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाईयोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics