पाथीभरा क्षेत्रमा २० हजार वृक्ष रोपिँदै

काठमाडौं – ताप्लेजुङको पाथीभरा क्षेत्रमा वृक्षरोपण गरिएको छ । केबलकार निर्माणका लागि रूख काटिएको स्थानमा वृक्षरोपण गरिएको हो ।

मुकुम्लुङ संयुक्त संघर्ष समितिको आयोजनामा अभियान नै चलाएर जेठ ३१ देखि यो अभियान सुरु भएको र अभियानका क्रममा २० हजार बिरुवा रोप्ने बताइएको छ । अभियानका क्रममा गुराँस प्रजाति, धूपी, चिमल, रौट साल्हा, चापलगायत बिरुवा रोपिने समितिले जनाएको छ ।

जिल्लास्थित सामुदायिक वनका नर्सरी र वन कार्यालयअन्तर्गतका नर्सरीबाट बिरुवा खरिद गरेर पाथीभरा क्षेत्रमा वृक्षरोपणको अभियान थालेको केलबार निर्माण खारेजी सङ्घर्ष समितिका संयोजक खगेन्द्र फेम्बूले बताए । अभियान असार १५ गतेसम्म जारी रहने उनको भनाई छ ।

पाथीभरा केबलकार निर्माणका लागि गत वैशाख अन्तिम साता रुख काटेको थियो । राष्ट्रिय फूल गुराँसका बोट काटिएकामा समितिले विरोध गरेको छ । वन फँडनी भएको क्षेत्रमा विरुवा रोपिने संयोजक फेम्बूले बताए । पाथीभरा क्षेत्रमा चार वर्ष डढेलो लाग्दा धेरै बोटबिरुवा नासिएका थिए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics