काठमाडौं महानगरको नीति तथा कार्यक्रम : सम्पदा संरक्षण र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ)

काठमाडौं – काठमाडौं महानगरपालिकाले प्राचीन तथा पुरातात्विक क्षेत्रलाई ‘नो भेहिकल जोन’ बनाउने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८१-०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन)ले सेवा, सम्पदा संरक्षण र रोजगारीमा जोड दिएका हुन् ।

विश्व सम्पदा सूचीमा रहेका बौद्धनाथ र स्वयम्भूनाथलाई काठमाडौं महानगरपालिकाअन्तर्गत ल्याएर सञ्चालन र व्यवस्थापन गर्न पहल गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

सूचीकृत सम्पदा क्षेत्रहरूमा समेत सवारीसाधन निषेध गरिने उनले बताएका छन् । बृहत हाँडीगाउँ गुरुयोजना तयार गरी लिच्छविकालीन हाँडीगाउँको पुनर्विकास गरी विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गरिने उनले मेयर बालेन साहले बताए ।

नीति तथा कार्यक्रममा काठमाडौंलाई ‘ओपन एण्ड लाइभ म्यूजियम’ र ‘क्रिएटिभ सिटी’का रूपमा विकास गरिने उल्लेख रहेको छ । ‘उपत्यकाभित्र रात्रिकालीन सार्वजनिक सवारी साधन सञ्चालन गर्न आवश्यक प्रबन्ध मिलाइनेछ ,’ नीति तथा कार्यक्रममा भनिएको छ ।

प्रमुख पर्यटकीय रुटमा पर्ने घरहरूको मोहडा लिच्छविकालीन तथा मल्लकालीन शैली झल्किने गरी निर्माण गर्न प्रोत्साहित गर्ने महानगरको नीति कार्यक्रममा रहेको छ ।

यस्तो छ महानगरको नीति तथा कार्यक्रम

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics