कर्णालीको बजेट : पुराना कार्यक्रमलाई निरन्तरता, वीरेन्द्रनगरलाई हरियाली पार्ने (पूर्णपाठ)

सुर्खेत - कर्णाली सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ३१ अर्ब ४१ करोड ४१ हजार रुपैयाँ कुल बजेट ल्याएको हो । याे बजेटमा केही पुराना कार्यक्रमलाई निरन्तरता दिइएको छ भने केही नयाँ कार्यक्रमहरू पनि थपिएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीले प्रदेशको गरिबी निवारण न्यूनीकरणलाई ध्यानमा राखेर बजेट ल्याइएको बताए ।

देश सरकारले सार्वजनिक गरेको बजेटमा पूँजीगततर्फ १८ अर्ब ७५ करोड ८ लाख ६८ हजार रुपैयाँ विनियोजन गरिएको छ । यो कुल बजेटको ५९.७ प्रतिशत हो ।

बजेटमा पर्यटकीय गुरुयोजना बनाउने र निजी क्षेत्रको सहकार्यमा वीरेन्द्रनगरका उत्तरी क्षेत्रमा हिल स्टेसनका रूपमा विकास गरी हाइकिङ क्षेत्रको रूपमा विकास गरिने नयाँ योजना ल्याइएको छ ।

त्यस्तै रारा, काँक्रेविहार, बुलबुले उद्यान लगायतका पर्यटकीय स्थलको गुरुयोजना कार्यान्वयन गर्न १४ करोड विनियोजन गरिएको छ ।

कर्णालीलाई जडीबुटीको हबको रूपमा विकास गर्ने योजना पनि घोषणा गरिएको छ । यो योजना केन्द्र सरकारले पनि ल्याएको थियो । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका लागि १ अर्ब ९४ करोड विनियोजन गरिएको छ ।

यसपटक मुख्यमन्त्री यामलाल कँडेलको गृह जिल्ला सुर्खेतका धेरै योजना बजेटमा परेका छन् । प्रदेश राजधानी वीरेन्द्रनगरलाई हरियाली गर्ने कार्यक्रम बजेटमा राखिएको छ ।

बजेटकाे पूर्णपाठ यस्ताे छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics