अवरुद्ध मुग्लिन–मलेखु खण्ड सुचारु

चितवन– पहिरोका कारण अवरुद्ध मुग्लिन–मलेखु सडकखण्ड पुनःसञ्चालनमा आएको छ । इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा आज विहानदेखि राजमार्ग अवरुद्ध बनेको थियो ।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार पहिरो पन्छाएपछि अहिले राजमार्ग दुईतर्फी सञ्चालनमा आएको हो । राजमार्ग सञ्चालनमा आएपछि रोकिएका सवारी साधन आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics