कोशी, मधेश, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं - यस वर्षको मनसुन प्रणाली असार १० गते देशभर फैलिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार औसत मिति भन्दा तीन दिन छिटो गरी यस वर्ष मनसुनको आगमन कोशी प्रदेशको पुर्वी भू-भागमा भएको थियो ।

आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने विभागले जनाएको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ |

आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही बाँकी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

साथै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics