बुढी खोलामा आएको बाढीले बगाउँदा १ को मृत्यु, ३ बेपत्ता

काठमाडौं – सुनसरीको बुढी खोलामा आएको बाढीमा परी एक जनाको मृत्यु भएको छ । तीन जना बेपत्ता भएका छन् ।

मंगलबार बिहानैदेखि परेको भारी वर्षाको कारण बुढी खोलामा आएको बाढीले सुन्दरहरैचा ५ का स्थानीय ४ जनालाई बगाएको हो । ती मध्ये एक जनाको शव फेला परेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रहरीको टोली घटनास्थल पुगेर उद्धारको काममा जुटिसकेको कार्कीले बताए । मृतक तथा बेपत्ताको परिचय खुलेको छैन ।

यसैबिच जल तथा मौसम विभागले आज बिहान ११ बजेदेखि नै उक्त खोलामा पानीको बहाव उच्च भएकाले सतर्कता अपनाउन तटिय क्षेत्रका वासिन्दासँग आग्रह गरेको थियो । दिउसो ३ बजेसम्म खोलामा बहाव उच्च रहने भन्दै एसएमएस सन्देश मार्फत विभागले सतर्क रहन आग्रह गरेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics