झापामा हात्ती मृत भेटियो
- रासस

झापा - मेचीनगर नगरपालिका–३ मा बिहीबार बिहान एउटा हात्ती मृत अवस्थामा फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मेचीनगर ३ को सुकेनिन्दा खोला किनारमा हात्ती मृत भेटिएको हो ।
झापाका प्रहरी प्रवक्ता कृष्णबहादुर चन्दले मृत हात्तीको परीक्षणका लागि कोशीटप्पु वन्यजन्तु आरक्षबाट पशुविशेषज्ञ टोली बोलाएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस